काठमाडौँ / मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सकिएको छ।निर्वाचन आयोगले जनक शिक्षा केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियका अनुसार संघ र प्रदेशका लागि आयोगले ४ करोड ५५ लाख मतपत्र छपाइ गरेको छ।संघका लागि एक करोड ९८ लाख ७१ हजार र प्रदेशका लागि दुई करोड १ लाख ८४ हजार मतपत्र छपाइ गरिएको हो।
चुनावका लागि एक करोड ७९ लाख मतदाता छन्।असोज २७ गते प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ थालिनेछ।
प्रतिकृया दिनुहोस