सुदुरपश्चिम प्रदेश सरकार आगामी आर्थिक बर्षको लागी झण्डै ३० अर्बको बजेट ल्याउने

अर्थ समाचार

Yugnepal     774 पटक पढिएको    

सुदुरपश्चिम प्रदेश सरकार आगामी आर्थिक बर्षको लागी झण्डै ३० अर्बको बजेट ल्याउने

सुदुरपश्चिम प्रदेश सरकार आगामी आर्थिक बर्षको लागी झण्डै ३० अर्बको बजेट ल्याउने 

 

धनगढी सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बाहादुर बोहराले प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेटको तयारीमा जुटेको बताएका छन् । धनगढीमा प्रेस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बोहराले झण्डै ३० अरब को बजेट ल्याउने तयारी भईरहेको बताए ।

'गत ९ महिनामा हाम्रो पुजीगत खर्च १५ दशमलब ५४ प्रतिशत भएको छ,' उनले भने- 'धेरै योजनाहरु भुक्तानी प्रकृयामा छन् त्यसैले एकिन खर्च बिबरण आउन केही समय लाग्छ।' मन्त्री बोहराले कर्मचारीको अभाब ,आबश्यक कानुनको अभाब लगाएतका समस्याले गर्दा पनि सोचे जस्तो बजेट खर्च हुन नसकेको बताए ।

चालु आबमा झन्डै ६० प्रतिशत बजेट खर्च हुने आँकलन प्रदेश सरकारले गरेको मन्त्री बोहराको भनाई छ । उनले आगामी आर्थीक बर्षको बजेटमा बिगत जस्तो कमी कमजोरी नदोहर्याउने बताए । 'अब बिगतको जस्तो गल्ती दोहरिँदैन , सिकाईको अभाब र बिधी कानुनको अभाबले समस्या भएको हो,' मन्त्री बोहराले भने -'आगामी बजेट सरकारले बनाएको मापदण्ड अनुसार ल्याउँछौ।'

मन्त्री बोहराले राजस्व संकलन जती सबै केन्द्र सरकारले लैजाने गरेको कारण  यही राजस्वबाट प्रदेशले धान्न नसक्ने बताए । आगामी आबको बजेटमा प्रदेशका गौरबका योजनाहरु सबै जिल्लामा एउटा एउटा छनौट गरेर बजेट बिनियोजन गरिने उनको भनाई छ । मन्त्री वोहराले कैलाली र कञ्चनपुरमा विशेष औधोगिक क्षेत्र बनाई बजेट छुट्याउने बताए । उनले प्रदेशको राजधानीका लागि पनि बजेट छुट्याउने जानकारी दिए । आगामी जेठ १५ गतेभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र असार १ गते बजेट ल्याउने तयारी रहेकाे छ ।



शुक्रबार २०, बैशाख २०७६ ०४:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.