सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पुन: प्रदेशमै चुनाव लड्ने

युग संवाददाता     152 पटक पढिएको    

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पुन: प्रदेशमै चुनाव लड्ने

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।

यसअघि डोटी जिल्ला पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको भए पनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुन: प्रदेशमा दोहरीन भनेकाले मुख्यमन्त्री भट्ट प्रदेशसभा सदस्यमा फेरी दोहरिने भएका हुन् ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाको प्रत्यक्षमा लड्ने तर पार्टीको भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए ।

तर, अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेको बुझिएको छ । 

२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली काँग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए।  



मङ्गलबार १८, असोज २०७९ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.