नेपालमा मात्र नभएर नेपाल बाहिरका यी देशमा पनि मनाइन्छ दसैँ

युग संवाददाता     115 पटक पढिएको    

नेपालमा मात्र नभएर नेपाल बाहिरका यी देशमा पनि मनाइन्छ दसैँ

काठमाडोैं / हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मावलम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्छन् ।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा  गरिन्छ ।  प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।

नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैँ मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पूजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आराधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने  दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ ।

गुजरातमा दसैँको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुईवटा साना–साना रंगाएका  लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन्। त्यस्तै, महाराष्ट्रमा पनि देवीको पूजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्री मनाउँछन् ।

परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ । भारतबाहेक बंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली केही फरक भए पनि अधिकांशले नवदुर्गाको पूजा आराधना गर्छन् ।

करिब १ लाख नेपाल भाषी रहेको बर्मामा पनि दसैँ मनाइन्छ ।  नेपाल भाषीको बाहुल्यता रहेको पूर्व राजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ। वर्मापछि बंगलादेशमा पनि दसैँ मनाइन्छ । १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मावलम्बी छन् । त्यहाँ भएका हिन्दु धर्मावलम्बीले नवदुर्गाको पूजा आराधना गर्छन् । बंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

त्यस्तै बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैँ मनाउँछन् ।



मङ्गलबार १८, असोज २०७९ ०३:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.