वनदेवी र नैनादेवीमा भित्र्याइयो फुलपाती

युग संवाददाता     586 पटक पढिएको    

वनदेवी र नैनादेवीमा भित्र्याइयो फुलपाती

धनगढी /  धनगढीमा विभिन्न सुरक्षा निकायहरूले फूलपाती भित्र्याएका छन् । धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन ।

फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरन थापासँगै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा रहेको थियो ।आज मुलुकमा रहेका सुरक्षा निकायहरूले विधिपूर्वक फूलपाती भित्र्याइएका छन् । आज दसैँको सातौँ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन रहेको छ ।

देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

 शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
 



आइतबार १६, असोज २०७९ ०१:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal