हेर्नुहोस् चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुन कुन बैंकले कति कमाए

अर्थ

युग संवाददाता     904 पटक पढिएको    

हेर्नुहोस् चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुन कुन बैंकले कति कमाए

हेर्नुहोस् चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कुन कुन बैंकले कति कमाए
। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा सबैभन्दा बढी नाफा नेपाल बैंकले कमाएको छ । नेपाल बैंकले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एभरेष्ट बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७ करोड ५३ लाख कमाएको छ ।

त्यस्तै नाफाको वृद्धिदरलाई हेर्दा नेपाल बैंकको नाफा गत वर्षको सोही अवधिमा भन्दा ३२ करोड २२ लाख रुपैयाँले घटेको छ । अन्य बैंकहरुको नाफा भने बढेको छ । सबैभन्दा धेरै नाफा बढाउन सफल ग्लोबल आईएमई बैंक देखिएको छ । यो बैंकको नाफा गत वर्षको नौ महिनामा भन्दा ५१ करोड ३ लाख रुपैयाँले बढेको छ । सानिमा बैंक र माछापुच्छ«े बैंकले पनि ३८ करोड बढीले नाफा बढाएका छन् । एभरेष्ट बैंकको नाफा ३५ करोड ४० लाख रुपैयाँले बढेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा भएको वृद्धि ९रुपैयाँमा० अहिले सम्म वित्तीय विवरण प्रकाशित गरेका नौ वटा वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम देखिन्छ । यो बैंकले ८ करोड ६४ लाख रुपैयाँले नाफा बढाएको छ । 


बैंकिङ खबरबाट साभार



बिहिबार १९, बैशाख २०७६ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal