वडा सचिवले कार्यालयमै चुरोट तानेपछि...

युग संवाददाता     130 पटक पढिएको    

वडा सचिवले कार्यालयमै चुरोट तानेपछि...

बझाङ / बझाङको जयपृथ्वी नगरपालिकामा कार्यरत एक जना कर्मचारीले कार्यालयमै चुरोट तानिरहेको घटना बाहिर आएको छ ।

कार्यालय समयमै वडा सचिव अजय बहादुर सिंहले चुरोटको आनन्द लिइरहेको तस्बिर यति वेला सामाजिक सञ्जालमा भाइरलको बनेको  छ ।  वडा सचिव सिंह गल्तीको आत्मालोचना गर्नुको साँटो उनै फेरि आक्रोशमा उत्रिएका छन् ।

उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एक जना युवालाई तथानाम गाली समेत गरेको भिडिओ बाहिर आएको छ । तिनै वडा सचिव सिहँमाथि किर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

त्यसै गरी सरकारी सम्पत्तिको दुरुपयोग, मालिका हाते कागजमा ब्रह्म लुट मच्चाएको लगायतका आरोप सिंहमाथि यसअघि लाग्दै आएका थिए ।सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूम्रपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु १०० जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

सरकारी वा सार्वजनिक जबाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजाय समेत हुनसक्ने समेत ऐनमा व्यवस्था गरिएको छ ।

यता जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज वजालले भने यो विषमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले नगरपालिकामा कुनै जानकारी नभएको र कार्यालयमा नै सरकारी सेवामा आसीन भएको व्यक्तिले धूम्रपान तथा मद्यपान सेवन गर्नु गलत भएको कारण यस विषयमा आफूले छानबिन गर्ने मेयर बजालले बताए ।



बिहिबार १३, असोज २०७९ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.