मेस्सीको छ सय गोल पूरा, लिभरपुलमाथि शानदार जित

खेलकुद

युग संवाददाता     786 पटक पढिएको    

मेस्सीको छ सय गोल पूरा, लिभरपुलमाथि शानदार जित

मेस्सीको छ सय गोल पूरा, लिभरपुलमाथि शानदार जित 


तस्वीर – एजेन्सी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोनाले शानदार जित निकालेको छ । सेमिफाइनलको पहिलो लेगको खेलमा बार्सिलोनाले इंगलिश क्लब लिभरपुलमाथि ३–० गोल अन्तरको जित निकालेको हो । 

नोउ क्याम्पको घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले २ तथा लुईस स्वारेजले १ गोल गरे । 


दुई गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ६ सय गोल पूरा गरेका छन् । मेस्सीले १४ वर्षको बार्सिलोना करियरमा उक्त गोल गरेका हुन् । अर्जेन्टाइन मेस्सीले व्यवसायिक करियर नै बार्सिलोनाबाट टुंगाउन सक्ने बुझिन्छ ।  


उनले पहिलो गोल १४ वर्षअघि एल्बासेटविरुद्ध गरेका थिए । तस्वीरमा यस्ता थिए उनी ।

ला लिगा भिडन्तमा सन् २००५ को मे १ तारिखमा उनले उक्त गोल गरेका थिए । 

२६ औं मिनेटमा स्वारेजले पहिलो गोल गरे । ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।


८२ औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै बार्सिलोनालाई ३–० ले जिताए । 

पहिलो लेगको जितसंगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा मे ७ तारिखमा हुनेछ । 

अर्को सेमिफाइनलमा डच क्लब आयाक्स र इंगलिश क्लब टोटनह्याम खेलिरहेका छन् । पहिलो लेगमा आयाक्सले टोटनह्यामलाई १–० ले हरायो । 

दोस्रो लेग आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ । 



बिहिबार १९, बैशाख २०७६ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.