डेंगुबाट थप २ जनाको मृत्यु, ५४० जना नयाँ संक्रमित थपिए

युग संवाददाता     237 पटक पढिएको    

डेंगुबाट थप २ जनाको मृत्यु, ५४० जना नयाँ संक्रमित थपिए

काठमाडौँ / नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणकै कारण ज्यान गएको हो। योसँगै नेपालमा डेंगु लागेर ज्या गुमाउनेको संख्या ३८ पुगेको छ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टिभएसँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ। यो गत साउन १ गतेदेखि असोज १२ गतेसम्मको तथ्यांक हो।

मन्त्रालयका अनुसार डेंगु बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९७५ जनामा फैलिएको छ। त्यसपछि लुम्बिनीका ३ हजार १२५, सुदूरपश्चिमका ८५०, प्रदेश १ का ८२९, गण्डकीका ६७७, मधेशका ४१३ र कर्णालीका २३८ जनामा संक्रमण पुष्टि भएको छ।देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।



बिहिबार १३, असोज २०७९ ०२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.