८० प्रतिशत छुट गरी उपचार दिँदै नवजीवन अस्पताल

युग संवाददाता     318 पटक पढिएको    

८० प्रतिशत छुट गरी उपचार दिँदै नवजीवन अस्पताल

धनगढी   । नवजीवन अस्पताल प्रालिले आफ्नो १९ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

२०६२ साल फाल्गुण १७ गते १५ शैया अस्पतालको स्वीकृति लिई संचालनमा रहेको सो अस्पतालले आज वार्षिक उत्सबको अवसरमा बिरामीलाई फलफूल वितरण,रक्तदान, ३० वटा ट्राफिक डिभाईडर हस्तान्तरण गरि वार्षिक उत्सव मनाएको हो ।

सो अबसरमा पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालले दिने सेवासुविधाका बिषयमा पनि जानकारी दिएको छ । सामाजिक सुरक्षा कोषमा दर्ता भई आबद्ध भएका श्रमीकहरुलाई एसएसएफ कार्ड देखाई ओपीडी र आईपीडीमा ८० प्रतिशत छुट गरी उपचार दिँदै आएको नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डा बिदुरमणि ढकालले जानकारी दिए ।

दुर्घटना भएका हकमा १०० प्रतिशत छुट सहित उपचार दिँदै आएको उनले वताए । यस अस्पतालले सुदूरपश्चिम भरी सुचिकृत अस्पतालहरु मध्ये सबै भन्दा बढी बिरामीलाई सेवा दिए वाफत सामाजिक सुरक्षा कोष दिवसको अवसरमा सम्मानपत्र समेत प्राप्त गरिसकेको उनले वताए ।

सो कार्डबाट सामान्य विरामीले २५ हजार र भर्ना भएको खण्डमा एक लाख सम्मको उपचार गर्न पाउने व्यवस्था रहेको उनको भनाइ छ । दुर्घटना भई उपचार गरेको खण्डमा ७ लाख मुल्य सम्मको उपचार पाउने व्यवस्था रहेको उनले बताए ।

अस्पतालले १७ वटा सेवा दिदै आएको उल्लेख गर्दै डा  ढकालले भने थप नेपाल सरकारद्धारा संचालित आमा सुरक्षा कार्यक्रम,निशुल्क खोप, निःशुल्क क्षयरोग औषधी वितरण,सामाजिक सुरक्षा कोष स्वास्थ्य उपचार केन्द्रका सेवाहरु पनि दिँदै आएका छौँ ।



शनिबार १७, फागुन २०८१ ०८:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal