बैतडीको देहीमाण्डौं मदिरा निषेधित क्षेत्र घोषणा

युग संवाददाता     155 पटक पढिएको    

बैतडीको देहीमाण्डौं मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी / दशैंको समयमा बैतडीको देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दशरथचन्द नगरपालिका २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमीको दिन राँगाको बलिसहित जात्रा हुने भएको र सो जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए ।

मदिरा सेवन र विक्रिका कारण विभिन्न खालका समस्याहरु उत्पन्न हुने भएकाले दशैंको अवधि सम्म मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिराको कारोबार र सेवन गरेमा कानुन अनुसार कारवाही हुने समेत जनाइएको छ ।

जिल्लाको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको निङ्गलाशैनी भगवती मन्दिरमा फूलपातीको दिन र महाष्टमीको दिन ठूलो जात्रा लाग्ने गर्दछ । राँगाको बलिसहित मन्दिरमा जात्रा हुने भएकाले चहलपहल बढेको निङ्गलाशैनी भगवती मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । उनले भने ‘महाष्टमी नजिक आएसंगै मन्दिरमा चहलपहल बढेको छ । मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि हामीले देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छौं ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।



बिहिबार १३, असोज २०७९ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.