डिलाशैनी सरकारले शहीद परिवारलाई भत्ता दिन थाल्यो, १६ परिवारले मासिक ३ हजार पाउने

युग संवाददाता     512 पटक पढिएको    

डिलाशैनी सरकारले शहीद परिवारलाई भत्ता दिन थाल्यो, १६ परिवारले मासिक ३ हजार पाउने

बैतडी / बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई भत्ता दिन थालेको छ । डिलाशैनी गाउँपालिका अन्तर्गतका शहीद परिवारलाई शहीद सम्मान कार्यक्रम अन्तर्गत भत्ता दिने कार्य शुरु भएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

शहीद परिवारलाई प्रति परिवार मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने कार्यक्रम स्वीकृत भएको र सोही अनुसार भत्ता उपलब्ध गराउन थालिएको प्रवक्ता भट्टले बताए । गाउँपालिकामा जनयुद्ध तथा अन्य आन्दोलनका क्रममा शहीद भएका १६ जनाका परिवारलाई भत्ता उपलब्ध गराइने प्रवक्ता भट्टले बताए । गाउँपालिकाभरीका शहीदका परिवारहरुलाई भत्ता उपलब्ध गराउन थालिएको हो ।

परिवर्तनका लागि आफ्नो प्राणको आहूती दिने शहीदका आश्रित परिवारलाई जीवन धान्न सहज होस भनेर शहीद सम्मान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उनले भने ‘परिवर्तनका पक्षमा आफ्नो जीवनको आहूति दिने शहीदका आश्रित परिवारलाई सरकारका तर्फबाट सहयोग गर्नुपर्छ भन्ने मान्यता अनुसार हामीले शहीद सम्मान कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’

गाउँपालिकाले सञ्चालनमा ल्याएको शहीद सम्मान कार्यक्रमको धेरैले खुलेर प्रशंसा समेत गरेका छन् । गाउँपालिकाको यो कार्यक्रमले शहीद परिवारलाई सहयोग मिल्ने उनीहरुको भनाइ छ । 



बुधबार १२, असोज २०७९ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal