दार्चुलामा ढुवानी बन्द हुँदा पौष्टिक आहार पाउन समस्या

युग संवाददाता     123 पटक पढिएको    

दार्चुलामा ढुवानी बन्द हुँदा पौष्टिक आहार पाउन समस्या

दार्चुला / दार्चुलामा ढुवानी बन्द हुँदा बालबालिकाले पौष्टिक आहार पाउन समस्या भएको छ ।  दार्चुलाको उत्तरी भेगमा पर्ने दुहु र व्यास जोड्ने टिंकर सडक अझै सुचारु भएको छैन ।

ढुवानी रोकिएपछि दुहु र व्यासका २७ सय बालबालिकाले पौष्टिक आहार खान पाएका छैनन्। पहिरो र बाढीका कारण सडक बन्द भएपछि असारयता विद्यालयका बालबालिकालाई दिइने पौष्टिक आहार ढुवानी हुन सके्को छैन।

विभिन्न दैनिक उपभोग्यवस्तु ढुवानी हुन सकेको छैन। व्यास र दुहु गाउँपालिकाका ४३ विद्यालयका दुई हजार ७ सय बालबालिकाले दिउँसोको खाजा खान पाएका छैनन्। सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको स्यानीय प्रशासनले बताएको छ । 



बुधबार १२, असोज २०७९ ०२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.