चौथो संस्करणको ‘स्ववियु कप’ उपाधिको नेविसंघ डडेल्धुरालाई

युग संवाददाता     124 पटक पढिएको    

चौथो संस्करणको ‘स्ववियु कप’ उपाधिको नेविसंघ डडेल्धुरालाई

डडेल्धुरा / डडेल्धुरा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ । सोमबार भएको फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–१ को सेटले हराउँदै नेविसंघ डडेल्धुराले उपाधि उचालेको हो।

नेविसंघले पहिलो सेट जित्यो । त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै किशोर निर्माण सेवाले दोस्रो सेट आफ्नो पक्षमा र्पायो । त्यसपछिका तेस्रो र चौथौ सेटमा जित निकाल्दै नेविसंघले उपाधि रक्षा गर्न सफल भयो ।
उपाधिसँगै नेविसंघले एक लाख ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको किशोर निर्माण सेवाले ७५ हजार पाएको छ । नेविसंघ बैतडीको पञ्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै फाइनलमा पुगेको थियो ।

यस्तै पञ्चेश्वर गाउँपालिकाको टिम तेस्रो भएको छ। नेविसंघ बीपीलाई ३–० को सोझो सेटले हराउँदै गर्दै पञ्चेश्वर तेस्रो भएको हो । उसले नगद ४० हजारसहित ट्रफी र मेडल हात पारेको छ । स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको आयोजनामा प्रतियोगिता ६ गतेदेखि सुरु भएको थियो।



मङ्गलबार ११, असोज २०७९ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.