वर्षाका कारण डोटीका सबै ग्रामीण सडक अवरुद्ध

युग संवाददाता     123 पटक पढिएको    

वर्षाका कारण डोटीका सबै ग्रामीण सडक अवरुद्ध

डोटी /  शनिबारदेखि लगातार परेको अविरल वर्षाका कारण डोटीका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकमा कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक यातायात सञ्चालन नै हुन नसक्ने अवस्थामा रहेका  छन् ।

वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुवा खान हुँदै देवली रिसडी सडक, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुड्सिल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामा नडौ सडक, जोरायल गाउँपालिकाको बिपी नगर खसरेबाट गड्सेरा सडकलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको जोरायल गाउँपालिका–५ का लक्ष्मण देउवाले बताए । ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदार गाउँपालिकाका स्थानीय मीन शाहले बताएका छन् ।



मङ्गलबार ११, असोज २०७९ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.