थप ५३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ११७८

युग संवाददाता     557 पटक पढिएको    

थप ५३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ११७८

काठमाडौं / थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६२४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८२५ र एन्टिजेनबाट १७९९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ८४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११७८ पुगेको छ।  



सोमबार १०, असोज २०७९ ०१:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal