धनगढीमा १८ लाखको अबैध सामान बरामद

युग संवाददाता     127 पटक पढिएको    

धनगढीमा १८ लाखको अबैध सामान बरामद

धनगढी / धनगढीमा भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १८ लाख रुपैयाँभन्दा बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेकोे छ ।

बोलेरो जीपमा भारतबाट ल्याइँदै गरेका किराना पसलको सामान धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले सोमबार बिहान बरामद गरेको हो । कुल १८ लाख २२ हजार बराबरको सामग्री कम्प्युटर पाट्र्स, कपडाहरू बेवारिसे अवस्थामा जीपसहित भेटिएपछि बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए ।

अहिले उक्त सामानहरू नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुझाइएको गणपति सिंहले बताए ।



सोमबार १०, असोज २०७९ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.