विमानस्थलमा भिजिटर पास नभए प्रवेश गर्न निषेध

युग संवाददाता     122 पटक पढिएको    

विमानस्थलमा  भिजिटर पास नभए प्रवेश गर्न निषेध

धनगढी / धनगढी विमानस्थलमा आजदेखि अनिवार्य भिजिटर पास लागु गरिएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार विमानस्थलको सुरक्षामा खटिएको प्रहरीको विशेष सक्रियतामा कोरोना महामारीपछि बन्द अवस्थामा रहेको भिजिटर पासलाई पुनः अनिवार्य गरिएको हो । विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले सुरक्षा संवेदनशिलता र व्यवस्थित गर्ने उद्देश्यअनुसार कोभिड महामारीपछि बन्द रहेको भिटिर पासको व्यवस्थालाई फेरी लागु गरिएको जानकारी दिए ।

उनकाअनुसार अब विमानस्थलको टर्मिनल भवनमा प्रवेश गर्न पास शाखाले उपलब्ध गराएको भिजिटर पास लिएर मात्र जानुपर्नेछ । भिजिटर पास नभएका व्यक्ति विमानस्थलको टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन । तर टिकट विमानको टिकट काटिसकेका यात्रुका हकमा भने टिकट देखाएमा प्रवेश गर्न पाइनेछ ।

यसअघि भिजिटर पासको व्यवस्था नहुँदा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीलाई भीड व्यवस्थापनमा समस्या हुने गरेकोथियो । पुनः सोही व्यवस्था कार्यान्वयनमा आएपछि व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।



सोमबार १०, असोज २०७९ ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.