बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

युग संवाददाता     246 पटक पढिएको    

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

नेपालगञ्ज / पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।



शनिबार ०४, भदौ २०७९ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.