मकालुमा यती रहेको अनुमान, भारतीय सेनाले खिच्यो पाइलाको तस्वीर

देश

Yugnepal     1030 पटक पढिएको    

मकालुमा यती रहेको अनुमान, भारतीय सेनाले खिच्यो पाइलाको तस्वीर

मकालुमा यती रहेको अनुमान, भारतीय सेनाले खिच्यो पाइलाको तस्वीर

काठमाडौं । भारतीय सेनाले मकालु हिमालमा ३२ इन्च लामो र १५ इन्च चौडा पाइला भेटाएको छ । सो पाइला यतीको हुन सक्ने बताइएको छ ।

सेनाले हिउमा भेटिएको पाइलाको तस्वीर सोमवार ट्विटर एकाउण्डमा शेयर गरेको थियो । सेनाका अनुसार यो रहस्यमय पद चिह्न ९ अप्रिलमा सेनाले मकालु बेस क्याम्पको ५ हजार २ सय ५० मीटर उचाइमा भेटाएको हो । पहिले पनि नेपालको मकालु(बरुन नेशनल पार्कमा यती रहेको दावी गरिदै आएको छ ।

सेनालेले तस्वीर पोस्ष्ट गरेसँगै समाजिक सञ्जालमा यतीको अस्तित्वको बिषयमा बहस सुरु भएको छ । प्रयोगकर्ताहरुले यो प्रांक हो कि भन्ने पनि शंका गरेका छन् ।

भाजपा नेता तरुण विजयले सेना माथि गर्व रहेको बताउदै भने, ुयतीलाई रहस्यमय नभनियोस, उ हिममानव हो ।ु

हिमालयमा यतीको बिषयलाई लिएर विभिन्न दावी गरिदै आएको छ । यती मानिस र बाँदर जस्तो देखिने र सामान्य मानव भन्दा ठुलो हुने बताइदै आएको छ ।

हिमालयलाई यतीको असली निवासी मानिन्छ । यतीको उल्लेख पौराणिक कथाहरुमा गरिएको छ । तर अहिलेसम्म यती कतै रहेको स्पष्ट प्रमाण भने भेटिएको छैन ।



मङ्गलबार १७, बैशाख २०७६ ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal