जनताले अनुभूत गर्ने नीति तथा कार्यक्रम ल्याउन नेकपा सचिवालयको सुझाव

राजनिति

युग संवाददाता     690 पटक पढिएको    

जनताले अनुभूत गर्ने नीति तथा कार्यक्रम ल्याउन नेकपा सचिवालयको सुझाव

काठमाडौँ,  वैशाख १६ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुले सरकारलाई जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् ।     
     
पार्टीको चुनावी घोषणापत्रअनुसार समाजवादोन्मुख संविधानको मर्म र भावनालाई समेत ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउन आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले सरकारलाई सुझाव दिएको हो ।     
     
सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संविधानमै भएको व्यवस्थानुसार हरेक जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।     
     
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आम जनताले अनुभूत गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन आफूहरुले सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन, जनसङ्गठनको एकतालगायत विषयमा निर्णय गर्ने अपेक्षा गरेपनि कुनै निर्णय भएन । यसअघिको सचिवालय बैठकले पार्टीका जिल्ला अध्यक्ष र सचिवहरुको टुङ्गो लगाएको थियो .गोरखापत्रबाट साभार



सोमबार १६, बैशाख २०७६ ०७:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.