पुनर्वास नगरपालिकामा छैन नागरिक वडापत्र

युग संवाददाता     306 पटक पढिएको    

पुनर्वास नगरपालिकामा छैन नागरिक वडापत्र

कञ्चनपुर / सरोकारवाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक वडापत्र राख्नुपर्ने हुन्छ । अझ सुविधा सम्पन्न निकायमा डिजिटल, दृश्य र श्रव्य नागरिक वडापत्र राखिएको हुन्छ । तर कञ्चनपुर जिल्लामै सुविधा सम्पन्न पुनर्वास नगरपालिकामा नागरिक वडापत्र नै नरहेको पाइएको छ ।

नगरपालिका कार्यालयको नयाँ भवन स्थापना भएको करिब पाँच वर्ष भए पनि अहिलेसम्म नागरिक वडापत्रनै नराखिएको पाइएको हो । नागरिकलाई सेवा लिन आउँदा कुन तला र कुन कोठामा जानुपर्ने, चाहिने आवश्यक कागजात, दस्तुर लगायत सम्पूर्ण सूचना नागरिक वडापत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । जसले गर्दा नागरिकलाई काम गर्न सहज हुन्छ ।

तर नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फ्याक्स बोर्ड राखिएको पाइएको छ ।यता पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने केही दिनमै बनाउने जानकारी दिए । 



आइतबार २९, साउन २०७९ ११:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.