कैलालीको गोदावरीमा ५ तारे होटेल खुल्दै

युग संवाददाता     239 पटक पढिएको    

कैलालीको गोदावरीमा ५ तारे होटेल खुल्दै

धनगढी / कैलालीको गोदावरी नगरपालिकामा ५ तारे होटेल खोल्ने घोषणा गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ हरैयामा आइडिया होटेल एण्ड क्यासिनो खोल्ने घोषणा गरिएको हो ।

उक्त होटेलको शनिबार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सांसद एवम् नेपाली कांगेसका नेता शशाङ्क कोइरालाले शिलान्यास गरेका छन् । होटेलको शिलान्यास गर्दै कोइरालाले होटेल व्यवसायले सद्भावको भावना जागृत गर्ने बताए । उनले होटेल व्यवसायले यस क्षेत्रको आर्थिक विकासमा मदत गर्ने बताए ।

आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले होटेलमा १५० गेष्ट रुम रहने बताए । उनले होटेलको २ हजार जना अटाउने सेमिनार हल, १ हजार ५ सय जनाले एकै पटक खेल्न सक्ने क्यासिनो लगायतका सेवा सञ्चालन हुने बताए ।

आइडिया ग्रुपको नाममा २३ बिगा सो क्षेत्रमा जग्गा रहेको र जसमध्ये २ बिगा जग्गामा होटेल र अन्य क्षेत्रमा आइडिया सिटी निर्माण गरिने बताइएको छ । जसमा अपार्टमेन्ट निर्माण गरिने बताए ।

आइडिया नेपालका अध्यक्ष श्रेष्ठले होटेल क्यासिनोले सयौँ मान्छेलाई रोजगारी दिने बताए । उनले होटेल सञ्चालनका लागि २ अर्ब लगानी लाग्ने अनुमान गरिएको बताए । होटेल १५ तलाको हुने जनाइएको छ ।



शनिबार २८, साउन २०७९ ०६:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.