धनगढीमा ‘एक्सपर्ट शैक्षिक मेला’ २०२२ हुने

युग संवाददाता     343 पटक पढिएको    

धनगढीमा ‘एक्सपर्ट शैक्षिक मेला’ २०२२ हुने

धनगढी / धनगढीमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले वैदेशिक कलेजहरूमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी ‘एक्सपर्ट एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी एक्सपर्टले साउन ३० गते धनगढीमा शैक्षिक मेला आयोजना गर्ने बारे जानकारी दिएको हो ।

मेलामा अष्ट्रेलिया, क्यानाडा र युके विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूसँग विद्यार्थीले प्रत्यक्ष संवाद गर्ने मौका पाउने एक्सपर्ट एजुकेशनका मार्केटिङ अफिसर हरिकिसन चौधरीले बताए ।

विशेष गरी अष्ट्रेलिया, युके, क्यानाडा र युकेएसमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मार्केटिङ अफिसर हरिकिसन चौधरीले जानकारी दिए ।

हालसम्म ३५ जना विद्यार्थीहरूलाई अष्ट्रेलिया पठाएको बताउँदै चौधरीले मेलामा २५० जना विद्यार्थीहरूको सहभागिता रहने बताए ।



शनिबार २८, साउन २०७९ ०६:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.