काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ सय ७१२ जनामा परीक्षण गर्दा ७ सय ८१ जनामा संक्रमण देखिएको हो।
२ हजार २९० पीसीआर परीक्षण गरिएकोमध्ये ४१९ जनामा र २ हजार ४२२ एन्टीजेन परीक्षण गरिएकोमा ३६२ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा ५ सय ११ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ रहेको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै हालसम्म ११ हजार ९ सय ८४ जनाको नेपालमा कोरोनाका कारण मृत्यु भएको छ।
प्रतिकृया दिनुहोस