बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी

युग संवाददाता     178 पटक पढिएको    

बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी

बाजुरा / बाजुराको एक मेडिकलसहित एक दर्जन पसल सिलबन्दी गरिएको छ । सदरमुकाम मार्तडी रहेको रोहित क्लिनिकसहित अन्य खुद्रा तथा कपडाका पसल सिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाको संयुक्त अनुगमनका क्रममा मेडिकलसहित अन्य ११ पसलहरुमा सिलबन्दी गरिएको बडीमालिका नगरपालिकाकी उप प्रमुख तथा बजार अनुगम समिति संयोजक नन्दा कुमारी थापाले जानकारी दिइन् ।

उनका अनुसार अनुगमनका क्रममा रोहित मेडिकल दर्ता  भएर भएपनि आवश्यक कागजात नभएपछि दर्ता प्रमाणसहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी सिलबन्दी गरिएको जनाएको छ । 

व्यापारीले स्थायी लेखा नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले पसल सिलबन्दी गर्नुपरेको जिल्ला निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।  



बिहिबार २६, साउन २०७९ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.