खप्तडमा ध्यान केन्द्र निर्माणका लागि जुर्मुरायो समिति

युग संवाददाता     157 पटक पढिएको    

खप्तडमा ध्यान केन्द्र निर्माणका लागि जुर्मुरायो समिति

डोटी / सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माणका लागि खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति जुर्मुराएको छ । प्रदेश सरकारले बजेट वक्तव्यमा खप्तडमा ध्यान केन्द्र बनाउने भन्दै बजेट पनि विनियोजन गरेपछि समिति पनि जुर्मुराएको हो । 
खप्तड क्षेत्रमा आवासीय सुविधासहितको आध्यात्मिक ध्यान केन्द्र निर्माण तयारीका लागि विभिन्न निकाय र सरोकारवालासँग छलफल सुरु गरिएको समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए । 
‘सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बक्तब्यमा पनि खप्तड क्षेत्रमा  अध्यात्मिक ध्यान केन्द्रको स्थापना गर्ने विषय उल्लेख गरिएको छ । संघीय सरकार र अन्य सरोकारवाला निकायमा ध्यान केन्द्र स्थापना गर्न आबश्यक पहल सुरु भएको छ’, उनले भने । 
खप्तड राष्ट्रिय निकुञ्जभित्र आध्यात्मिक ध्यान केन्द्र स्थापनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमतिलगायत आव्श्यक प्रक्रिया अगाडि बढाइएको  बताइएको छ । खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यका साथै धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । 



बिहिबार २६, साउन २०७९ ०६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.