बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयर किन्दै लगानीकर्ता

अर्थ समाचार

Yugnepal     631 पटक पढिएको    

बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयर किन्दै लगानीकर्ता

बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयर किन्दै लगानीकर्ता
 पछिल्लो समय परिसूचक नेप्से बढ्दो अवस्थामा पुगेपछि लगानीकर्ताले शेयरको माग थप बढाएका छन् । केही दिन बैंकिङ क्षेत्रको शेयरमा आकर्षित भएका लगानीकर्ता फेरी बीमा कम्पनीको शेयरको खरिदचाप बढाएका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा लैजान विभिन्न सहुलियत घोषणा गर्दै आइतबार निर्देशिका जारी गरेपछि लगानीकर्ताले बीमा कम्पनीहरुको शेयरको माग बढाएका हुन् । बजारमा अत्यधिक माग भएको र विक्री चाप नभएपछि जीवन बीमा र निर्जीवन बीमा दुबै समुहमा उच्च वृद्धि भएको छ ।

नयाँ वर्षको सुरुवातमा बजार दुई वर्ष यताकै न्युन विन्दुमा रहेको थियो । अधिकांश कम्पनीहरुको बजार मूल्य कम भएका कारण केही अल्पकालिन लगानीकर्ताले शेयरको माग बढाएका थिए । त्यस लगत्तै परिसूचक सँगसँगै कारोबार रकममा उच्च वृद्धि भयो । अन्य लगानीकर्ता पनि कारोबारमा आए । फलस्वरुप परिसूचक नेप्सेमा लगातार वृद्धि हुन पुग्यो । शेयर विश्लेषकहरु भने बैंकमा निक्षेप परिपक्व भएको  र अहिले नविकरण गर्दा ब्याज कम पाउने स्थिति छ । त्यसैले बैंकले दिने ब्याज भन्दा कम्पनीहरुले दिने लाभांश बढी हुने सम्भावना देखिएकाले लगानीकर्ताले शेयरको कारोबार बढाएको बताएका छन् ।

दुई साता अघि वाणिज्य बैंकहरुको कारोबार बढी देखिएकोमा पछिल्लो समय बीमा, माइक्रोफाइनान्स, विकास बैंक लगायतका समुहका कम्पनीहरुको शेयरको माग उच्च देखिएको छ ।

आइतबार लगानीकर्ताले बाणिज्य बैंकको शेयरबाट प्राप्त भएको नाफा बुक गर्दै बीमा क्षेत्रमा लगानी बढाएको देखिएको छ । जसले गर्दा बाणिज्य बैंकहरुको शेयर परिसूचकहरु केही तल झरेको देखिन्छ ।

अर्कोतर्फ बजारमा लगानीकर्ताले आफुसँग भएको पैसा तीन चार ठाउँमा घुमाउन सक्ने अवस्था रहेकाले पनि बजारमा कारोबार रकम उच्च भएको एक लगानीकर्ताले बताए । अहिले मार्जिन कारोबार सुविधा लिएर पनि शेयर खरिद गर्ने लगानीकर्ता पनि हाबी देखिएका छन् । ठुला लगानीकर्ताले पनि कारोबार बढाएको ब्रोकरहरु बताउँछन् । 
बैंकिङ खबरबाट साभार 



सोमबार १६, बैशाख २०७६ ०३:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.