कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको निर्बाचनमा डा. आरजु राणा देउबा उम्मेदवार बन्ने

युग संवाददाता     759 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको निर्बाचनमा डा. आरजु राणा देउबा उम्मेदवार बन्ने

धनगढी / मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी  छन् ।  
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य राणाले कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने ईच्छा व्यक्त गरेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

नेपाली काँग्रेसकी नेतृ राणा २०७४ सालको प्रतिनिधि सभाको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार नारद मुनी रानासंग पराजीत भएकी थिईन । तर पाँच वर्षको अबधिमा रानाले क्षेत्र नम्बर ५ को विकासका लागि कुनै पनि काम नगरेको र डा. राणाबाट मात्र क्षेत्र नम्बर ५, कैलाली र समग्र सुदूर पश्चिमको विकास सम्भव भएकोले यस पटक जनताले राणालाई जिताउने ती केन्द्रीय सदस्यले बताए ।

यसअघि रानालाई जिताएर पछुताएकी कैलाली क्षेत्र नम्बर ५ का जनता यसपटक विकास र समृद्धिका लागि डा. राणालाई जिताउने छन् । उनले भने, प्रधानमन्त्रि तथा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाकी पत्नि हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिला नेतृ भएकोले पनि यस पटक कैलालीका जनताले अत्याधिक मतले डा. राणालाई जिताउने छन् ।

डा. राणाले आफ्नो अनुभव, क्षमता र अन्तर्राष्टिय सम्बन्धलाई कैलाली, सुदूर पश्चिम र देशको विकासमा समर्पित गर्ने सोचका साथ प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने ती केन्द्रयि सदस्यले बताए । राणाको भनाई उधृत गर्दै ती केन्द्रीय सदस्ले भने, कैलाली मेरो घर हो । यहाँका जनताको विकास र समृद्धि मेरो एक मात्र संकल्प हो । त्यो संकल्प म निर्बाचित भएर पुरा गर्नेछु ।



बुधबार २५, साउन २०७९ १०:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal