अछाममा थपिए ४ हजार ८० मतदाता

युग संवाददाता     250 पटक पढिएको    

अछाममा थपिए ४ हजार ८० मतदाता

अछाम / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली संकलन कार्यअन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल  ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुका अनुसार  स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भिड लागेको थियो ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदरमुकामसम्म पुगेका थिए । साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली संकलन कार्य बन्द भएको थियो ।

उनका अनुसार हाल ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका छन् । जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।



बुधबार २५, साउन २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal