कोरोना बढेपछि विद्यालय एक साता बन्द

युग संवाददाता     171 पटक पढिएको    

कोरोना बढेपछि विद्यालय एक साता बन्द

भेजपुर / कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो ।

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी संक्रमण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ ।संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।



बुधबार २५, साउन २०७९ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.