सडक सुचारु गर्न १५ करोड खर्च

युग संवाददाता     283 पटक पढिएको    

सडक सुचारु गर्न १५ करोड खर्च

डडेल्धुरा / सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ ।

सेती र महाकाली राजमार्ग पूर्ण रुपमा सुचारु रहेको सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिए । गत वर्ष २०७८ असोज ३१ देखि कार्तिक २ गतेसम्म परेको अविरल बेमौसमी वर्षाले महाकाली र सेती राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि समस्या परेको थियो ।

यस्तै, डडेल्धुराको स्याउलेदेखि डोटीको साजघाटसम्म पहिरोले बिग्रिएको सेती राजमार्गको मर्मतमा आठ करोड रकम खर्च गरिएको छ । सेती राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवा खोलामा भासिएको सडकमा बाहेक अन्य क्षेत्रमा पर्खाल लगाउने काम सकिएको छ । रडुवाखोलामा करिब ७० मिटर सडक भासिएको छ । उक्त सडक मर्मतका लागि बायो टेक्निकल इन्भेस्टिगेशन अध्ययन गरिएको छ । 



मङ्गलबार २४, साउन २०७९ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal