नरेन्द्र मोदी र अमित शाहको भाषणलाई लिएर अदालतमा उजुरी

विदेश

Yugnepal     657 पटक पढिएको    

नरेन्द्र मोदी र अमित शाहको भाषणलाई लिएर अदालतमा उजुरी

 

काठमाडौं । भारतको लोकसभाको चुनावको सरगर्मी बीच भागमा पुगिरहँदा सत्तारुढ दलका नेताहरुविरुद्ध विपक्षी दल काँग्रेस आईले उजुरी दायर गरेको छ । 

काँग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाहको भाषणलाई लिएर सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको हो । 

काँग्रेस सांसद सुष्मिता देवले सोमबार भाजपा नेताहरुविरुद्ध आचार संहिता उल्लंघनको आरोपमा अदालतमा निवेदन दर्ता गरेकी हुन् । 

केही दिन पहिले नरेन्द्र मोदी र भाजपा नेताहरुको भाषणमा सेनाको प्रसङ्ग उठाएका थिए । विपक्षी नेताहरुले चुनाव आयोगमा यसबारे गुनासो पनि गरेका थिए ।

आइतबार मात्रै वरिष्ठ नेता पी चिदम्बरले चुनाव आयोगमा धेरैजसो काम नलाग्ने मानिसहरु रहेको आरोप लगाएका थिए । 

चुनाव आयोगले कार्वाहीको सूचना जारी गरोस् भन्दै कांग्रेस सांसद देवले अदालतमा निवेदन दर्ता गराएकी हुन् । 

अदालतले मंगलबार यस विषयमा सुनुवाई गर्ने जनाएको छ । 

भारतमा सात चरणमा हुनुपर्ने लोकसभा चुनाव सोमबार चौथो चरणमा भइरहेको छ । 

मे २३ मा मतगणना हुनेछ । 
 



सोमबार १६, बैशाख २०७६ ०२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.