समयमै उद्धार हुन नसक्दा पासोमा परेको चितुवाको मृत्यु

समाज

Yugnepal     766 पटक पढिएको    

समयमै उद्धार हुन नसक्दा पासोमा परेको चितुवाको मृत्यु

समयमै उद्धार हुन नसक्दा पासोमा परेको चितुवाको मृत्यु


कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सामुदायिक बनमा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका वडा न ३ नारायणपुरस्थित थाह्रा सामुदायिक बन उपभोक्ता समुह र मोहन्याल सामुदायिक बन उपभोक्ता समूहको सिमानामा लगाइएको पासोमा परी घाइते भएको चितुवाको मृत्यु भएको हो ।  

स्थानियले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मीलाइ खबर गरेका थिए ।  खबर पाए लगत्तै डिभिजन बन कार्यलय पहलमानपुर कैलालीको टोलि घट्नास्थल पुगेको थियो ।  घट्नास्थलमा टोली पुग्दा घाइते अवस्थामा फेला परेको चितुवा  छटपटाइ रहेको थियो ।

बन कार्यलयसंग चितुवाको उद्धारका लागि दक्ष जनशक्ति  नभएकाले बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलिलाई खबर गरिएको थियो । उद्दार टोली  घट्नास्थल पुग्न नपाइ चितुवाको मृत्यु भएको डिभिजन बन कार्यलय सुखडका निमित प्रमुख गौचरण चौधरीले जानकारी दिए। 

पासोमा परेको उक्त वयस्क चितुवालाई डिभिजन बन कार्यलय पहलमानपुर लगि जनप्रतिनिधि, प्रहरी प्रशासन, बुद्धिजीवी, पत्रकार  र बन कर्मचारीको रोहबरमा सुरक्षित  स्थानमा गाडिएको छ ।  

पासो कस्ले र किन थापेको हो भन्ने बारे अनुसन्धान भइरहेको चौधरीले बताएका छन ।



सोमबार १६, बैशाख २०७६ ०२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.