धनगढी / भारतबाट अवैध रुपमा ल्याइएका दुई लाख मूल्य बराबरको सामान कैलाली प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटेको प्रहरी टोलीले त्यति रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
बरामद सामानमा मोटरसाइकलका पार्टपूर्जा र एउटा पुरानो मोटरसाइकल रहेको प्रहरीले जानकारी दिएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रतिकृया दिनुहोस