नीतिगत सुधारले वित्तीय पहुँच र लगानीको वातावरण बन्यो, अर्थतन्त्र आशालाग्दो

अर्थ समाचार

युग संवाददाता     844 पटक पढिएको    

नीतिगत सुधारले वित्तीय पहुँच र लगानीको वातावरण बन्यो, अर्थतन्त्र आशालाग्दो


 । नेपाल राष्ट्र बैंकले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापहरुले गति लिएको जनाएको छ । केन्द्रिय बैंकले शोधनान्तर स्थिति दबाबमा रहे पनि अन्य सूचकहरु सकारात्मक रहनुले अर्थतन्त्र थप बलियो हुँदै गएको जनाएको हो ।
राष्ट्र बैंकको ६४औँ वार्षिकोत्सवका अवसरमा वित्तीय क्षेत्रमा लिएको नीतिगत सुधारका कारण वित्तीय पहुँच बढेको, कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढेकोले अर्थतन्त्र आशालाग्दो देखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर डा। चिरंजीवि नेपालले मुलुकको समग्र विकासमा सहयोग पु¥याउन उच्च, समावेशी र दिगो आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्व कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अहिलेको आर्थिक वृद्धि कायम राख्न चुनौती रहेको बताए । उनले नेपाल राष्ट्र बैंक वित्तीय उपकरणहरुलाई समय सापेक्ष बनाउँदै लगेको समेत जानकारी दिए ।
राष्ट्र बैंकले चैत मसान्तसम्म बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोडले बचतमा रहेको जनाएको छ । त्यस्तै चैत मसान्तसम्ममा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन १९ दशमलव ५ प्रतिशतले बढेर ६ खर्ब ४ अर्ब ६० करोड पुगेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ब्याजदर र पूँजी बजारका विषयमा केही चुनौती रहेपनि उद्योगको क्षमता उपयोगमा वृद्धि भएकाले कर्जाको माग उच्च रहेको बताए ।

कर्यक्रममा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले लगानीयोग्य रकमको अभावका कारण ब्याजदरमा प्रभावलाई सबै क्षेत्रले बुझ्नुपर्ने बताए । उनले ब्याजदर प्रभावित हुँदा समेत कर्जाको माग उच्च देखिएकाले लगानीको वातावरण बनेको स्पस्ट पारे ।बैंकिङ खबर 



आइतबार १५, बैशाख २०७६ ०८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.