झुलाघाट गएर पेन्सन बुझ्न सास्ती

युग संवाददाता     169 पटक पढिएको    

झुलाघाट गएर पेन्सन बुझ्न सास्ती

बैतडी /  बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा एसबीआई बैङ्कको शाखा भए पनि भारतीय सेनाबाट सेवा निवृत्त भएकाले झुलाघाट पुगेर पेन्सन बुझ्दै आइरहेका छन् । 
नेपाल–भारत सीमा नाका झुलाघाट पुगेर छ दिन पालो कुरेर पेन्सन लिनुपर्ने बाध्यता उनीहरूको छ। भारतीय सेना गोरखा रेजिमेन्टबाट सेवा निवृत्त आठ सय जनाभन्दा बढीले झुलाघाट पारिको भारतीय बैङ्कबाट पेन्सन बुझ्दै आइरहेका छन् । भारतीय स्टेट बैङ्क (एसबीआई बैङ्क), उत्तराखण्ड ग्रामीण बैङ्क र पोस्ट अफिस झुलाघाटले भारतीय सेनाबाट अवकाश पाएकालाई पेन्सन दिँदै आइरहेको छ ।
पेन्सल लिन आउँदा सधैँ बैङ्कको इन्टरनेटले काम नगरेको भन्दै हप्तौँसम्म पालो कुरेर बस्नु पर्दा सास्ती खेप्नु परेको भूपू गोरखा जयदत्त जोशीले बताए । पुरुषभन्दा पनि एकल महिलालाई पेन्सन बुझ्न झनै सास्ती हुने गरेको बताइन्छ ।
सेवाग्राही वीरबहादुर चन्दले बीएसएनएलको इन्टरनेटले काम नगर्दा झुलाघाटमा छ दिनसम्म बस्नु परेको बताए । उनले भने–‘पेन्सन बुझ्न आउने बेला बैङ्कले सधैँ यस्तै भन्ने गरेको छ। छ दिनसम्म पालो कुरेर बस्दा आधा रकम त खान, बस्नमै सकिने गरेको छ ।’ 
एनले भारतीय सेना गोरखा रेजिमेन्टबाट अवकाश पाएका नेपालीले नेपालकै बैङ्कबाट पेन्सन लिने व्यवस्था मिलाइदिन दुवै देशका सरकारसँग माग गर्दै आएको भए पनि मागको सम्बोधन नभएको बताए ।        



शनिबार २१, साउन २०७९ ०१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.