पार्टी हित विपरित काम कारवाही गरे जानकारी दिन अनुशासन समितिको निर्देशन

राजनिति

युग संवाददाता     851 पटक पढिएको    

पार्टी हित विपरित काम कारवाही गरे जानकारी दिन अनुशासन समितिको निर्देशन

पार्टी हित विपरित काम कारवाही गरे जानकारी दिन अनुशासन समितिको निर्देशन

काठमाडौं ।  बैशाख २५ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई वढि भन्दा वढि मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कांग्रेस अनुशासन समिति लागि परेको छ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले  अभियानलाई व्यवस्थित गर्नका लागि पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन  निर्देशन दिएको छ ।

स्थलगत अनुगमन तथा निरिक्षण गरेर पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिने कुनै पनि नेता तथा कार्यकर्ता बारे अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई  निर्देशन दिएको हो ।
 
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक केन्द्रीय संयोजक भीष्मराज आङ्गदम्वेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनल लितपुरमा आयतबार बसेको थियो ।



आइतबार १५, बैशाख २०७६ ०८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal