खोलामा बालिका मृत फेला

युग संवाददाता     172 पटक पढिएको    

खोलामा बालिका मृत फेला

धनगढी / कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरको ७ वर्षीया छोरी तिल्सरीको शव शुक्रबार खोलामा भेटिएको हो । 
आफन्तका अनुसार बिहिबार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्के कि तिल्सरी को शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ ।
उनका बुबा सन्तोष निमाविको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका छन भने आमा पन्चकला रोजगारीको सिलसिलामा भारत गएकी छन् । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिईन । घटनाको बारेमा थप विवरणमा आउन भने बाकी छ ।



शुक्रबार २०, साउन २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.