सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

युग संवाददाता     170 पटक पढिएको    

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढी / कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।

अल्कोहोलिक हेपाटाईटिसका बिरामी रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि  बिहीबारदेखि  अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । मृतक पुरुषलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।  



शुक्रबार २०, साउन २०७९ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.