बाजुराका ३८६ बालबालिकामा कुपोषण

युग संवाददाता     194 पटक पढिएको    

बाजुराका ३८६ बालबालिकामा कुपोषण

बाजुरा / गरिबीको सूचकांक बढी रहेको बाजुराका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ । पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो । 
पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो । कुपोषण देखिएका ३८६ मा २७२ जनामा मध्यम र ११४ बालबालिकामा कडा खालको कुपोषण दखिएको  छ। बाजुराको बडीमालिका, स्वामिकार्तिकलगायत गाउँपालिकामा अन्य पालिकाकाभन्दा बढी बालबालिकामा कुपोषण देखापरेको जनाइएको छ ।
गर्भवती भएका बेलामा आमाले दही, दूध, माछा, मासु, अण्डा तथा पहेँला फलफूललगायतका पौष्टिक आहारजस्ता खानेकुरा खानुपर्छ। त्यस्ता खानेकुरा खान नपाएका गर्भवती महिलाबाट जन्मिएका बालबालिकामा नै कुपोषण देखिने बताइन्छ । कुपोषण देखिएका बालबालिका र उनीहरूका आमालाई अहिले पोषण पुनस्र्थापना गृहले पौष्टिक आहारको व्यवस्था मिलाउँदै आएको छ । कुपोषित बालबालिकालाई विभिन्न पोषण आहाराको व्यवस्था मिलाएर उनीहरूको कुपोषण नर्मल भएपछि मात्र घरमा पठाउने गरेको प्रमुख विकले जानकारी दिइन् ।
त्रिवेणी नगरपालिका–८ की भुजा नेपालीले आर्थिक अवस्था कमजोर भएकाले बालबच्चालाई पौष्टिक खानेकुरा खुवाउन नसकिने बताइन् । बालबालिकामा कुपोषण देखापरेकाले अहिले विभिन्न पोषणसम्बन्धी कार्यक्रम सञ्चालन ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराका डा. आशिष विष्टले बाजुरामा देखिएका कुपोषित बालबालिकालाई आमासहित पोषण पुनस्र्थापना गृहमा राखेर स्याहार गर्दै आएको बताए । 



बिहिबार १९, साउन २०७९ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.