नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सुन व्यवसायीलाई कैलाली ल्याइयो

युग संवाददाता     176 पटक पढिएको    

नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सुन व्यवसायीलाई कैलाली ल्याइयो

धनगढी / मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ ।  बुधबार पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो ।

कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो । उनी धनगढी २ स्थित सौगात सुनचाँदी पसलका सञ्चालक हुन् । पक्राउपछि लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो ।



बिहिबार १९, साउन २०७९ ०८:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.