बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव जर्मन मन्त्री

विदेश

Yugnepal     652 पटक पढिएको    

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव  जर्मन मन्त्री

 

बेइजिङ। जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान बिआरआई मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन्।

युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन्। यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन्।

फ्रान्स र जर्मनीले भने विदेशी फर्महरुलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन्। युरोपेली कतिपय मुलुकहरुले इटालीलाई बिआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बिआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ। मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सहभागिता जनाएको बताए। उनले बिआरआईमा सहभागी हुँदा युरोपका ठूला मुलुकहरुले सामूहिक रुपमा मात्र गर्न सक्ने स्पष्ट गरे।

मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाईबाट आफूहरु निकै उत्साहित रहेको बताए। बिआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ। अल्टमायरले भने, ुचीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले युरोपेली मुलुकहरुले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ।ु हाम्राकुरा बाट साभार



शनिबार १४, बैशाख २०७६ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.