पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना पुष्टि

युग संवाददाता     290 पटक पढिएको    

पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना पुष्टि

काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार  संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना संक्रिय संक्रमित रहेका छन् ।



सोमबार १६, साउन २०७९ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.