काभ्रे / लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट सादा पोसाकमा खटिएको प्रहरी गस्ती टोलीले डाईजिपाम, फेनेरागन र नोफिम ३०२र ३०२ एम्पुलसहित ९ सय ६ एम्पुल लागूऔषध बरामद भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बरामद भएको उक्त लागूऔषध हालसम्मकै धेरै हो । बाराको पिपरपाती गाउँपालिका –४ का अन्दाजी ३५ वर्षीय समसोदिन मिया, बनेपा–१० का २८ वर्षीय सबिन हुमागाईं दुवैले बोकेको झोलामा बरामद भएपछि अनुसन्धानको लागि बनेपाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिया र हुमागाईंले उक्त औषधि कलैया–५ की ३० वर्षीय संगिता चौधरीले ल्याइदिएको बयान दिएका थिए । चौधरीलाई पनि बनेपाबाटै नियन्त्रणमा लिइएको छ ।
चौधरीले वीरगञ्ज –२४ का २४ वर्षीय शेषनाथ साह र कलैया–१२ बस्ने २३ वर्षीय पवनकुमार साहले वीरगन्जबाट ल्याएको भनि खुलाएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई विरगञ्जबाटै पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए
प्रतिकृया दिनुहोस