सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

युग संवाददाता     240 पटक पढिएको    

सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौँ / साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



आइतबार १५, साउन २०७९ ०१:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.