दार्चुलाका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

युग संवाददाता     297 पटक पढिएको    

दार्चुलाका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

दार्चुला / दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ ।

छात्राहरू केही हप्तादेखि बिरामी हुन थालेपछि केही दिनलाई विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक खडक लोथ्यालका अनुसार विद्यालयमा छात्राहरू करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो ।

छात्राहरू एक्कासि छटपटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको उनले बताए । बिहीबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयले जनाएको छ ।



शनिबार १४, साउन २०७९ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.