बझाङको जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस​ पढाउने

युग संवाददाता     191 पटक पढिएको    

बझाङको जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस​ पढाउने

बझाङ / बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस​  पढाउने भएको छ ।

नगरपालिकाले एमबीबीएस​ पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला पनि गरेको छ ।आवेदनमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान संकायबाट कक्षा १२ पास गरेको र नेपाल सरकारले लिने एमबीबीएस​को प्रवेश परीक्षामा नाम निकालेको हुनुपर्ने उल्लेख गरेको छ । नगरपालिकाले साउन १८ गतेभित्र फारम भरी सक्नु पर्ने अन्तिम मिति राखेको छ।

छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिका भित्रका माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालका जुनसुकै विद्यालयबाट भए पनि पास गरेको हुनुपर्ने मापदण्ड तोकिएको नगरपालिका मेयर चेतराज बजालले बताए ।

नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई छात्रवृत्ति स्वरुप गरिब, दिनदुःखी, पहुँच नभएका तथा आर्थिक समस्यामा परेको विद्यार्थीहरुलाई पढाइने छ  ।



शुक्रबार १३, साउन २०७९ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.