कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य चौधरीको निधन

युग संवाददाता     167 पटक पढिएको    

कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य चौधरीको निधन

धनगढी / कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ । 
कैलारी गाउँपालिका–७ भुईयाँफाँटा निवासी उनको हिजो साँझ निधन भएको हो । पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासी अचेत देखिएका चौधरी त्यसपछि नउठेको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र बमले  जनाएका छन् । उनका अनुसार वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए । उनी रक्तचापको औषधि सेवन गर्दै आएका थिए । 
गाउँ सभा सदस्यको निधन भएपछि कैलारी गाउँपालिकाभरि आज शोक बिदा गरिएको छ । गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा एक दिन शोक बिदा गरिएको प्रवक्ता बमले जानकारी दिए । उनले वडाले एक कुशल समाजसेवी गुमाएको उल्लेख गर्दै आज बस्ने कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्ने जनाएका छन् । 



शुक्रबार १३, साउन २०७९ ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.