सशस्त्र प्रहरी बलले माग्यो पदपूर्तिका लागि आवेदन

युग संवाददाता     247 पटक पढिएको    

सशस्त्र प्रहरी बलले माग्यो पदपूर्तिका लागि आवेदन

काठमाडौं / सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ ।सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्यतर्फ) खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

आजदेखि भदौ १२ गतेसम्म आवेदन दिन सकिने प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स)का लागि आवेदन आह्वान गरिएको हो । निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्नेछ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, भर्ना तथा छनोटशाखा, हलचोकमा पुगेर आवेदन दिन सकिने जनाइएको छ ।



शुक्रबार १३, साउन २०७९ ०७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.